०८ असार २०८३, सोमबार

निजी व्यवसाय दर्तासम्बन्धी विधेयक पारित

फागुन २, २०७६
निजी व्यवसाय दर्तासम्बन्धी विधेयक पारित
फाइल फोटो

सुदूरपश्चिम प्रदेश सभाको शुक्रवारको बैठकमा ‘निजी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ पारित भएको छ । 

बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले प्रदेश सभाबाट विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेकी थिइन् ।

यसअघि विधेयकमाथि भएको छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का लीलाधर भट्ट, दूर्गाकुमारी कामी, शान्ति नेपाली, नेपाली कांग्रेसका डिल्लीराज पन्त, श्यामलाल रानाथारु, राष्ट्रिय जनता पार्टीका मालामतिकुमारी रानाथारुले भाग लिएका थिए ।

बैठकको प्रारम्भमा समय लिएर नेपाली कांग्रेसका प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले अछामको विनायक नगरपालिका-२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्या भएको १२ दिन भइसक्दा पनि घटनाका दोषी पत्ता लगाउन नसक्नुले लज्जाबोध भएको र जनप्रतिनिधिले नै असुरक्षा महसूस गरिरहेको बताए । अर्को बैठक फागुन ४ गते दिनको १ बजे बस्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्