
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन शुरू गरेका छन् ।
सम्बोधनमार्फत ओलीले आफू नेतृत्वको सरकारले २ वर्षमा गरेका उपलब्धिको फेहरिस्त सुनाउँदैछन् ।
शुक्रवार नै सम्बोधनको तयारी भएपनि राष्ट्रिय सभाका नेपाली कांग्रेस सांसद दूर्गाप्रसाद उपाध्यायको निधनका कारण अन्तिम समयमा आएर प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित भएको थियो ।
नेकपा संसदीय दलका नेता ओली प्रधानमन्त्री भएको शनिवार २ वर्ष पुगेको छ । २०७४ फागुन ३ गते ओली प्रधानमन्त्री बनेका थिए ।
प्रधानमन्त्रीको सम्बोधनको दिन प्रमुख प्रतिपक्षी दलको नेता संसदमा उपस्थित हुने संसदीय परम्परा अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा संसदमा उपस्थित छन् ।