२७ असार २०८३, शनिबार

अनसनरत नेता थारुको स्वास्थ्य अवस्था खराब

फागुन ३, २०७६
अनसनरत नेता थारुको स्वास्थ्य अवस्था खराब

फागुन १ गतेदेखि आमरण अनसनमा बसेका थरुहट थारुवान मोर्चाका संयोजक लक्ष्मण थारुको स्वास्थ्य अवस्था बिग्रेको छ ।

सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर निराजनदत्त पौडेल नेतृत्वको विशेषज्ञ टोलीले शनिबार विहान नेता थारुको स्वास्थ्य परिक्षणको क्रममा स्वास्थ्य अवस्था नाजुक भएको जनाएको छ ।

डाक्टर पौडेलका अनुसार सो टोलीले शुक्रबारदेखि नेता थारुको स्वास्थ्य परिक्षण गर्दै आएको छ । 

‘शुक्रबारको तुलनामा शनिबार उहाँको शरीरमा सुख्खापन देखिएको छ । जसलाई साइन्स अफ डिहाइड्रेसन भन्छौ । मुटुको धडकनमा पनि अलिकति चढाव आएको छ । हिजोको तुलनामा ११०, ११२ देखिएको छ । यसरी खाना नखाई बस्दा शरीरको बाह्य तथा आन्तरिक रुपमा असर गर्ने गर्दछ’, डाक्टर पौडेलले भने,‘हाम्रो टोलीले उहाँलाई अस्पताल भर्नाको लागि सल्लाह दिएको छ । किनकी, अहिले हाम्रो टोलीले उहाँको बाह्य जाँच मात्रै गरेको छ । उहाँको धातुको मात्रा, चिनीको मात्रा, किड्नीको अवस्थालगायत सुक्ष्म जाँच रगत जाँचबाट गर्नुपर्दछ । त्यहि भएर उहाँको सुरक्षा र स्वास्थ्य अवस्था सामान्य बनाउन अस्पताल भर्ना हुन सल्लाह दिएका छौ ।’

मोर्चाका संयोजक थारुलाई शुक्रबारदेखि टाउको दुख्नेलगायत समस्या देखिएको बताइएको छ । तर संयोजक थारुले अस्पताल भर्ना हुन इन्कार गरेका छन् ।

संयोजक थारुले फागुन १ गतेदेखि विभिन्न १४ बुँदे माग राख्दै धनगढीस्थित गुरही चौक (क्याम्पस चौक)मा आमरण अनसनमा बसेका हुन् ।

कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद रेशम चौधरीसहितत ११ जना जेलबन्दीहरुको रिहाइ रिहाई, टीकापुर घटनावारे सत्यतथ्य छानविन गर्न पूर्व न्यायधिश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानविन समितिको प्रतिवेदन र सार्वदलीय संसदीय समितिको प्रतिवेदनहरु सार्वजनिक गर्नलगायत माग राख्दै आमरण अनसनमा बसेका छन् भने मोर्चाले धनगढीमा शुक्रबारदेखि प्रदर्शन गर्दै आएको छ ।

यसैबीच थरुहट मोर्चाले विहान आयोजित पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले न्यायिक आन्दोलनप्रति नजरअन्दाज गरेको बताउँदै उहाँसम्म कुनै सुनुवाई नभएको बताए ।

न्याय, समानता र अधिकारको प्रत्याभुतीबाट मात्रै शान्ति समृद्धि हासिल गर्न सकिनेमा जोड दिदै उपाध्यक्ष छन्त्यलाले न्यायिक आन्दोलनलाई सम्बोधन गर्नुको विकल्प नभएको ठोकुवा गरे । जसको लागि महासंघले देशव्यापी रुपमा आन्दोलनको थालनी समेत गरेको उनको भनाइ थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्