२८ जेठ २०८३, बिहीबार

प्रधानमन्त्रीलाई कांग्रेस सांसदको सुझाव : गाडीको सिसा खोलेर बालाजु पुग्नुस् !

प्रधानमन्त्रीलाई कांग्रेस सांसदको सुझाव : गाडीको सिसा खोलेर बालाजु पुग्नुस् !

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाडीको सिसा खोलेर सोह्रखुट्टेदेखि बालाजुसम्म पुग्न चुनौती दिएकी छन् ।

शनिवार प्रतिनिधिसभा बैठकका प्रधानमन्त्री ओलीको सम्बोधन पछिको प्रश्नोत्तरका क्रममा कांग्रेस सांसद रंगमति शाहीले बाटो कालोपत्रे भइरहेको भन्ने प्रधानमन्त्रीको दाबीप्रति प्रतिप्रश्न गरेकी हुन् ।

‘प्रधानमन्त्रीले सडक कालोपत्रे भइसकेको भन्नुभयो । प्रधानमन्त्रीज्यू, सोह्रखुट्टेदेखि बालाजुसम्म गाडीको सिसा खोलेर हेरिदिनुहुन्थ्यो कि ?’ उनले प्रश्न गरिन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले दैनिक सरदर ६ किलोमिटर सडक कालोपत्रे भइरहेको बताएका थिए ।  

salt training

कमेन्ट गर्नुहोस्