
चीनको कोरोना प्रभावित क्षेत्रबाट उद्धार गरेर ल्याइएका नेपालीलाई राखिएको भक्तपुरको चाँगुनारायण नगरपालिकाको खरीपाटीस्थित क्वारेन्टाइनमा बिहानको खाजामा चिया, अण्डा, चना र पाउरोटी दिइएको छ ।
आइतवार बिहान काठमाडौं पुर्याइएका नेपालीलाई सिधै क्वारेन्टाइनमा लगिएको थियो ।
सरकारले बिहानको खाजामा चिया, पाउरोटी, चना र अण्डा दिएको क्वारेन्टाइनमा रहेका एक विद्यार्थीले लोकान्तरलाई जानकारी दिए ।
‘बिहान लगभग ९ बजेतिर ब्रेकफास्ट खाएका थियौं । चिया, पाउरोटी, चना र अण्डा खाएका थियौं,’ उनले आइतवार दिउँसो भने ।
खाजापछि सबैको खकार, घाँटी लगायतको परीक्षण गरिएको छ । शुक्रराज ट्रपिकल सेन्टर टेकुबाट आएका डाक्टरले नमूना संकलन गरेको ती विद्यार्थीले लोकान्तरलाई बताए ।
‘टेकुबाट डाक्टर आउनुभएको थियो । घाँटी, खकार, ज्वरोहरू परीक्षण गर्नुभयो । अहिले लगभग सबै जनाको परीक्षण सकिएको छ,’ ती विद्यार्थीले भने ।