२३ असार २०८३, मंगलबार

गृहजिल्लाबाट प्रम ओलीले भने, 'विकासको रफ्तार रोक्न सरकार ढाल्ने षड्यन्त्र भयो'

गृहजिल्लाबाट प्रम ओलीले भने, 'विकासको रफ्तार रोक्न सरकार ढाल्ने षड्यन्त्र भयो'
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार भद्रपुर विमानस्थलमा स्वागत गरिँदै। तस्वीर: चन्द्रकला भण्डारी/रासस

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएको ठीक २ वर्ष पुगेको अवसरमा शनिबार संसदलाई सम्बोधन गरे।

प्रतिनिधिसभामा सम्बोधनको क्रममा उनले सरकारका उपलब्धीको चर्चा मात्र गरेनन् ‘सरकार २ वर्ष टिक्नु पनि उपलब्धीका रुपमा हेर्नुपर्ने बताए। उनले भनेका थिए, ‘एउटै सरकारले २ वर्ष पूरा गर्नु पनि उपलब्धीको रुपमा लिनुपर्ने रहेछ।’

उनले संसदमा सम्बोधन गरेको भोलिपल्ट गृहजिल्ला झापा पुगेका प्रम ओलीले गरेको सम्बोधन चर्चाको विषय बनेको छ।

ओलीको नेतृत्वमा ५ वर्षका लागि सरकार गठन भएको थियो। तर उनले झापाको दमकमा भने, ‘सरकार ढाल्ने षड्यन्त्र भइरहेको’ छ।

कसले षडयन्त्र ग-यो भनेर नखुलाएका प्रम ओलीले भने, ‘सरकारविरुद्ध विभिन्न शक्ति केन्द्रले षड्यन्त्र गरिरहेका छन्। मुलुकको विकासको रफ्तारलाई रोक्न एकल बहुमतवाला सरकारलाई पनि ढाल्ने क्रियाकलाप जारी छ। '
 

salt training

कमेन्ट गर्नुहोस्