१९ असार २०८३, शुक्रबार

ललिता निवास जग्गा प्रकरण– आरोपित पक्राउ गर्न बाटो खुल्यो

फागुन ५, २०७६
ललिता निवास जग्गा प्रकरण–  आरोपित पक्राउ गर्न बाटो खुल्यो

ललिता निवास जग्गा प्रकरणमा मुछिएका १ सय ७५ जनामध्ये १ सय ७२ जनाविरुद्ध गृह मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)मा किटानी जाहेरी दर्ता गरेको छ ।

सीआईबीले आइतबार ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेका १ सय ७५ जनामध्ये १ सय ७२ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको जनाएको हो ।

जाहेरी दर्ता भएसँगै उनीहरूलाई पक्राउ गरेर कारबाही अधि बढाउन प्रहरीलाई बाटो खुलेको छ। सीआईबीका प्रवक्ता तथा नेपाल प्रहरीका एसपी बेलबहादुर पाण्डेले उनीहरूविरुद्ध जाहेरी दर्ता भएको पुष्टि गरे । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्