२९ जेठ २०८३, शुक्रबार

स्थापितलाई विस्थापित गरेका रामेश्वर फुयाँलले लिए भौतिक पूर्वाधार मन्त्रीको सपथ

स्थापितलाई विस्थापित गरेका रामेश्वर फुयाँलले लिए भौतिक पूर्वाधार मन्त्रीको सपथ

बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त काठमाडौँका रामेश्वर फुँयालले सपथ ग्रहण गरेका छन् । सोमवार प्रदेश प्रमुख विष्णु प्रसाईंले फुयाँललाई हेटौंडामा सपथ ग्रहण गराएका हुन् ।

फुयाँललाई मुख्यमन्त्री डोरमणि पौडेलले मंगलवार भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेका हुन् । 

यसअघि संविधानसभा सदस्यसमेत रहेका फुँयाल लामो राजनीतिक यात्रापछि पहिलोपटक मन्त्री बन्न लागेका हुन् । तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले वर्खास्त गरेपछि रिक्त रहेको मन्त्रालयको काम मुख्यमन्त्री पौडेल आफैँले सम्हाल्दै आएका थिए ।

वाग्मती प्रदेशको स्थायी राजधानी र नामाकरणपछि फुँयाल मन्त्री बन्ने चर्चा निकै चलेको थियो । वाग्मती प्रदेशका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक रहेका फुँयाल गाविस अध्यक्ष, जिल्ला विकास समितिको उपसभापति, संधिानसभा सदस्य, प्रदेशसभा सदस्य हुँदै मन्त्री बनेका हुन् ।

मुख्यमन्त्रीसँग विबादका कारण स्थापित २०७५ कात्तिक १६ गते विस्थापित भएका थिए । स्थापित विस्थापित भएको १५ महिना पछि भौतिक पुर्वाधार मन्त्रायले मन्त्री पाएको छ ।

२०७० सालको संविधानसभा निर्वाचनमा काठमाडौं ३ वाट प्रत्यक्ष निर्वाचित तथा प्रदेशसभा निर्वाचनमा काठमाडौं ३ क बाट प्रत्यक्ष निर्वाचित हुन् ।

salt training

कमेन्ट गर्नुहोस्