१० साउन २०८३, आइतबार

दिल्ली विमानस्थल उत्रिएकी बेलायती सांसदको भिसा किन रद्द गरियो ?

फागुन ५, २०७६
दिल्ली विमानस्थल उत्रिएकी बेलायती सांसदको भिसा किन रद्द गरियो ?

भारतले बेलायतको लेबर पार्टीकी एक महिला सांसदलाई दिल्ली विमानस्थलमा रोकिदिएकाे छ। 

भारतले कश्मीर मामलामा संविधानको अनुच्छेद ३७० हटाएपछि बेलायती सांसद डेबी अब्राहम्सले आलोचना गरेकी थिइन्। 

डेबी अब्राहम्स कश्मीर मुद्दामा बेलायती संसदीय समितिकी अध्यक्ष पनि हुन्। उनका अनुसार दिल्ली विमानस्थलमा अधिकारीहरुले यो पनि भनेनन् कि उनका ई-भिसा किन रद्द गरियो ?

डेबी व्यक्तिगत कामका लागि भारत आइरहेकी थिइन्।

उनी सोमबार एमिरेट्स फ्लाइटबाट दिल्ली विमानस्थलमा उत्रिएकी थिइन्। तर, अधिकारीहरुले भिसा खारेज भएको बताएका थिए।

ती सांसदले आफ्नो भिसाको अवधि अक्टुबर २०२० सम्म रहेको बताएकी छन्।
यद्यपि, भारत सरकारले सांसदको आरोपको खण्डन गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

भारतको गृहमन्त्रालयका प्रवक्ताले सांसद भारत आउनु अघि नै भिसा रद्द भएको जानकारी दिएकी दाबी गरेका छन्। -एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्