
रुपन्देहीको मर्चवारमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ।
आइतबार राति ११ बजे सम्मरीमाई गाउँपालिकामा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक चित्रबहादुर घलेले बताए।
सम्मरीमाई गाउँपालिका ३ स्थित गाउँमा महायज्ञ चलिरहेको बेला आफ्नै घरभित्र रहेकी किशोरीलाई घर बाहिर बोलाएर नजिकै निर्माणाधीन अवस्थामा रहेको भवनमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ।
पीडितका आफ्न्तले सामेबार इलाका प्रहरी कार्यालय मर्चवारमा जाहेरी दिएका छन्।
किशोरीको भैरहवास्थित भीम अस्पतालमा उपचार भएको छ। किशोरीका बुवा अस्वस्थ रहेको कारण आमा र बुवा उपचारको लागि भारतको मुम्बईमा छन्। किशोरी अस्वस्थ हजुरबुवा, एक बिहिनी र भाइसँगै बस्दै आएकी छन्।
बलात्कारमा संग्लन तीन युवकलाई ईलाका प्रहरी कार्यालय मर्चवारले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार पक्राउ परेका युवाहरु अन्दाजी २२—२३ बर्षका रहेका छन्। प्रहरीले घटनाको बारेमा अनुसन्धान गरेपछि थप जानकारी दिने प्रहरीले जनाएको छ ।