
भारतको राजधानी नयाँदिल्लीमा ८ वर्ष अघि सामूहिक बलात्कार घट्नामा अदालतले दोषी ठहर गरेका चारै जनालाई फाँसी दिन नयाँ मिति तोकेको छ।
पटियाला हाउस अदालतले दोषीहरु मुकेश सिंह, विनय शर्मा, पवन गुप्ता र अक्षय ठाकुरविरुद्ध ‘डेथ वारेन्ट’ जारी गर्दै ८ माघमा फाँसी हुने मिति तोकेको थियो।
तर, अदालतले फेरि फासीको नयाँ मिति तोकेको छ । अदालतले चारै जनाको ३ मार्च ( २० फागुन) बिहान ६ बजे फाँसी हुने जनाएको हो ।
यही मुद्दामा यस अघि अदालतले दोषीलाई फाँसी दिनका लागि तीन पटक मिति तोकि सकेको छ ।
१६ डिसेम्भर २०१२ राती भारतको राजधानी नयाँ दिल्लीमा गुडीरहेको बसमा एक युवतीमाथि सामूहिक बलात्कार भएको थिया। उनको वास्तविक नाम गोप्य राखेर निर्भया नाम जुराएको थियो ।