२२ जेठ २०८३, शुक्रबार

मान्छे किन कम सुत्न थाले ? स्वास्थ्यमा खेलवाड

फागुन ५, २०७६
मान्छे किन कम सुत्न थाले ? स्वास्थ्यमा खेलवाड

मानिस पहिलेको तुलनामा कम सुत्न थालेका छन्।

यो नेपालमा मात्र होइन विश्व परिवेशको अवस्था हो। विभिन्न अध्ययन अनुसार पछिल्लो ७० वर्षमा  मानिसको निन्द्रा औसत बीस प्रतिशतसम्म घटेको छ। 

१९४० को दशकतिर धेरै मानिस रातमा औसतमा करिब ८ घण्टा सुत्थे। तर आजभोलिको निन्द्राको घण्टा घट्दै गइरहेको छ।

अमेरिकामा रहेको क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक मैट वाकरका अनुसार अचेल मासिन औसतमा रातमा ६.७ वा ६.८ घण्टा सुत्ने गरेका छन्। पछिल्लो ७०–८० वर्षमा मानिसको निन्द्रा करिब २० प्रतिशत कम भएको छ । 

मानव जीवनमा निन्द्राको महत्व हुन्छ। तर, कम सुत्दा धेरैजसो मानिसमा स्वास्थ्य समस्या देखिरहेका छन्।

आजकल हाम्रो जिन्दगी ग्याजेटको जालमा फसेको छ। कम्प्यूटर हाम्रो जिन्दगीमा एक ठूलो बदलाव ल्याएको छ।

इन्टरनेटले पनि विश्वमा निकै प्रभाव पारेको छ। यसले हाम्रो जिन्दगीमा धेरै नयाँ चिजहरु आएको छ । जसका कारण अर्थव्यवस्थापनि बदलिएको छ। अब विश्वमा चौबिसै घण्टा काममा व्यस्त हुन थालेका छाैँ। 

 प्रोफेसर मैट वाकरका अनुसारअल्जाइमर, क्यान्सर, मोटोपन, सुगरको विरामी तथा तानाको सिकार हुन सकिन्छ। जसका कारण मानिसको मनमा आत्महत्या जस्तो भयानक कदम बारे विार हुन सक्छ। तसर्थ स्वस्थ्य रहनका लागि सुताइलाई विशेष ख्याल गर्नुहोस् ।

salt training

कमेन्ट गर्नुहोस्