०९ असार २०८३, मंगलबार

दिल्लीबाट उड्न 'इन्ट्री परमिट' अनिवार्य

फागुन ६, २०७६
दिल्लीबाट उड्न 'इन्ट्री परमिट' अनिवार्य

परराष्ट्र मन्त्रालयले गरेको औपचारिक आग्रहपछि भारतीय अध्यागमनले नेपालका स्थलमार्गबाट दिल्ली पुग्ने नेपाली यात्रुले विमानबाट काठमाडौं फर्कन नपाउने' नियम अनिवार्य गरेको छ ।

दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा यात्रुले आफ्नो राहदानीमा 'प्रस्थान छाप' (डिपार्चर स्टाम्प) भएको अवस्थामा मात्रै भारतीय अध्यागमनले 'आगमन छाप' (एराइभल स्टाम्प) लगाउने स्पष्ट प्रबन्ध कायम भएको
जनाएको छ।

यो सूचनापछि परोक्ष रूपमा नेपाल- भारतका नागरिकले हवाईमार्ग हुँदै एकअर्को देशमा आवतजावत गर्न नागरिकता वा अन्य प्रामाणिक पहिचानपत्र प्रयोग गर्न पनि नसक्ने भएका छन्।

'नागरिकतामा एराइभल वा डिपार्चर स्टाम्प लगाउन असम्भव रहेको र यसबारेको रेकर्ड पद्धतिसमेत प्रभावकारी नभएका कारण अब आवागमनमा पासपोर्ट प्रयोगका लागि यात्रुलाई प्रोत्साहित गरिनेछ अध्यागमन विभागका एक अधिकारीले भने । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्