२१ जेठ २०८३, बिहीबार

कालापानी नपुगी फर्किए उपप्रधानमन्त्री

फागुन ६, २०७६
कालापानी नपुगी फर्किए उपप्रधानमन्त्री

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको टोली सोमबार सेनाको हेलिकप्टर लिएर उडे पनि भारतद्वारा अतिक्रमित कालापानी क्षेत्र नपुगी फर्किएको छ ।

व्यास गाउँपालिका-१ छाङरुसम्म पुगेर टोली आकाशबाटै फर्केको हो ।

भ्रमण टोलीमा रहेका सुदूरपश्चिम प्रदेश सांसद गेल्बुसिंह बोहराले पाँच मिनेट जति छाङरु गाउँमाथिको आकाश हुँदै तिंकर खोलाबाट हेलिकप्टर टर्न भएको बताए ।

उनले छाडरुमा सशस्त्र प्रहरीको सीमा अवलोकन पोस्ट (बीओपी) स्थापना गर्ने स्थानको आकाशबाटै अवलोकन गरिएको बताए ।

फर्केपछि खलंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले नेपालका सीमा क्षेत्रमा क्रमशः सुरक्षा पोस्टहरू थपिदै जाने बताए । कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्