२८ जेठ २०८३, बिहीबार

बेस्सरी हावा चलेपछि धावनमार्गमा बल्लबल्ल अवतरण गरियो विमान (भिडियो)

फागुन ६, २०७६
बेस्सरी हावा चलेपछि धावनमार्गमा बल्लबल्ल अवतरण गरियो विमान (भिडियो)

बेलायतको हीथ्रो विमानस्थलमा एतिहाद एयरवेजको ए३८० विमानलाई डेनिस आँधीका कारण आएका तीव्र हावाले हल्लाएपनि पाइलटले सकुशल अवतरण गराएका छन् । 

घटनामा विमानमा रहेका कसैलाई पनि चोटपटक लागेको छैन । 

बेलायतमा खराब मौसमका कारण धेरै विमानहरू बल्लबल्ल अवतरण गरे भने दुईवटा विमान त अवतरणै गर्न सकेनन् । 

सयौं उडान स्थगित गर्नुपरेको छ र यसले २५ हजार यात्रुलाई असर पारेको छ । 

बेलायतका कैयौं भागमा ९० माइल प्रतिघन्टा बढी तीव्र गतिमा हावा चल्यो अनि कतैकतै ४८ घन्टामै एक महिनामा पर्ने जति पानी पर्‍यो । 

निरन्तर वर्षा भएर चर्को हावा चलेपछि आइतवार सडक र रेलमार्गहरू पानीले भरिएका थिए । 

साउथ वेल्समा अत्यधिक वर्षाले बाढीको जोखिम निम्त्याएपछि मौसम विभागले रेड वार्निङ जारी गरेको छ ।
 
 

salt training

कमेन्ट गर्नुहोस्