२१ जेठ २०८३, बिहीबार

महराको मुद्दाको सफाइबारे सभामुखले गराए संसद बैठकमा जानकारी

महराको मुद्दाको सफाइबारे सभामुखले गराए संसद बैठकमा जानकारी

सभामुख अग्नि सापकोटाले संसद बैठकमा पूर्व सभामुख कृष्णबहादुर महराले जिल्ला अदालतबाट सफाइ पाएको जानकारी गराएका छन् ।

मंगलवारको संसद बैठकमा सभामुख सापकोटाले जबरजस्ती करणी उद्योग मुद्दामा थुनामा रहेका महराले सोमवार अदालतबाट सफाइ पाएसँगै थुनामुक्त भएका जानकारी गराएका छन् ।

‘अभियोग माग दाबीबाट सफाइ पाउने ठहर गरी थुनामुक्त हुनुभएको छ,’ सभामुख सापकोटाले भने । जिल्ला अदालत काठमाडौंले महरालाई सोमवार अभियोगमा निर्दाेष ठहर गरेको थियो ।

सभामुखले अदालतबाट सफाइ पाएको जानकारी संसद बैठकमा गराएपछि अब महरा सांसदको हैसियतमा संसद बैठकमा सहभागी हुन पाउने भएका छन् । थुनामा हुँदा रोकिएको महराको सेवासुविधा समेत सांसदको हैसियतमा पाउने भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्