०३ असार २०८३, बुधबार

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १८ की ती महिलालाई बलात्कार गरेको आरोपमा स्थानीय १९ वर्षीय रामकिसुन थारूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।

आरोपीमाथि थप अनुसन्धान भइरहेको डीएसपी भट्टराईको भनाइ छ ।

घटना सोमवार रातिको हो । ती महिला घरमा सुतिरहेको अवस्थामा बलात्कार भएको पाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्