२४ असार २०८३, बुधबार

सभामुख घर्तीद्वारा संसदको गविबिधीबारे राष्ट्रपति भण्डारीलाई ब्रिफिङ

कात्तिक २०, २०७४
सभामुख घर्तीद्वारा संसदको गविबिधीबारे राष्ट्रपति भण्डारीलाई ब्रिफिङ

 

काठमाडौं, १७ मंसिर – राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख ओनसरी घर्तीले शुक्रवार भेटवार्ता गरेकी छिन् । नियमित भेटका लागि सभामुख घर्ती राष्ट्रपति निवास पगेकी थिइन् । भेटका क्रममा सभामुखले व्यवस्थापिका संसदमा भइरहेको पछिल्लो गतिविधि र मंसिर ५ गतेदेखि ११ गतेसम्म आफूले गरेको रुस भ्रमणबारे जानकारी गराएकी उनको सचिवालयले जनाएको छ ।bidhya

सभामुखले पछिल्लो अवस्थामा राजनीतिक दलहरुबीच संसदमा देखिएको बेमेलको अवस्था अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली लगायत नेताहरुसँग आफूले छुट्टाछुट्टै छलफल गरेको जानकारी गराएकी थिइन् । छलफलका क्रममा दलका नेताहरूले सहमतिका साथ अघि बढ्न प्रतिबद्ध रहेको बताएको र आवश्यक परेमा सहमतिको वातावरण बनाउन आफू सदैव तयार रहेको जानकारी राष्ट्रपतिलाई गराएको सभामुख घर्तीका सहयोगीहरूले जानकारी दिए ।

सो अवसरमा राष्ट्रपति भण्डारीले दलहरूबीचको असहमति हटाएर दलीय सहमति जुटाउन संयोजनकारी भूमिका खेल्दै संसदका गतिविधि अघि बढाउन सभामुखलाई आग्रह गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्