०३ असार २०८३, बुधबार

प्रम ओलीको मुटुमा समस्या देखिएपछि ‘एन्जीयोग्राफी' गरियो

प्रम ओलीको मुटुमा समस्या देखिएपछि ‘एन्जीयोग्राफी' गरियो
File Photo

प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा समस्या देखिएपछि ‘एन्जीयोग्राफी' गरिएको छ।

त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार बेलुका भर्ना भएका उनको  ‘एन्जीयोग्राफी' गरिनुका साथै क्याथ ल्यावमा स्वास्थ्य परीक्षण भैरहेको छ।

चिकित्सकहरुका भनाइमा एन्जीयोग्राफी नसाबाट क्यामरासहितको तार मुटुभित्र पठाउने र मुटुको परीक्षण गर्ने प्रविधि हो। वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अरुण सायमीका अनुसार ‘एन्जीयोग्राफी प्रक्रियाबाट मुटुको परीक्षण गर्नुलाई सामान्य मानिन्छ।

प्रम ओलीको मृगौलाको डायलसिस गरिँदै आएकोमा मंगलबार मुटुमा केही समस्या देखिएको हो।

पछिल्लो पटक मनमोहन सेन्टरमै उनको  नियमित डायलासिस हुँदै आएको छ। प्रम ओलीको गत मंसिरमा एपेन्डिसाइटिसको अप्रेसन भएको थियो।

ओलीको ०६४ मा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। 

salt training

कमेन्ट गर्नुहोस्