
सप्तरीमा सवारी दुर्घटनामा परी दुई भारतीय नागरिकको मृत्यु भएको छ।
बोदे बसाइन नगरपालिका–४ गौरास्थित भित्री सडकखण्डमा ना १ क ५५२७ नम्बरको टिपरको ठक्करबाट स १ ह ३७९५ नम्बरको अटोमा सवार दुई भारतीयको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा भारत जिल्ला अररिया मोतिहारी ग्राम पञ्चायत ७ का मोहम्मद सदाम हुसेन र कुनकुनिया खातुन रहेका छन्।
हुसेनको घटनास्थलमै र खातुनको न्युरो अस्पताल विराटनगरमा उपचार गर्न लैैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।