
कोरोना भाइरसबाट दक्षिण कोरियामा पनि एक जनाको मृत्यु भएको छ। स्वास्थ्य अधिकारीका अनुसार बिहीबार ती व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो।
संक्रमितको मृत्यु भएसँगै दक्षिण कोरियामा पनि कोरोना भाइरसको चुनौती र त्रास थपिएको छ।
अधिकारीहरुले देशभर झण्डै सय जनामा कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने अनुमान गरेका छन्। बिहीबार ज्यान गुमाएका व्यक्ति झण्डै ६० वर्षका पुरुष हुन्। उनी लामो समयदेखि अस्पतालमा उपचार गराइरहेका १५ बिरामीमध्येका व्यक्ति भएको बताइएको छ।
उनीहरुलाई देशको राजधानी सोलदेखि ३२० किलोमिटर टाढापर्ने चेओङडोमा रहेको अस्पतालमा उपचार गराइएको थियो।