
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ७० करोडको ‘बार्गेनिङ’ गरेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका छन् ।
सेक्युरिटी प्रेस खरिदबाट आउने कमिसनमा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले बिहीवार राजीनामा दिएका हुन् ।
मन्त्री बास्कोटाको राजीनामा बिहीवार नै स्विकृत भएको छ । राजधानी दैनिकमा खबर छ ।