२३ जेठ २०८३, शनिबार

यथास्थितिमा एमसीसी पास नहुने कार्यदलको निष्कर्ष

यथास्थितिमा एमसीसी पास नहुने कार्यदलको निष्कर्ष

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ अध्ययन गर्न सत्तारूढ दल नेकपाले गठन गरेको कार्यदलले अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

शुक्रवार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा कार्यदलका संयोजक झलनाथ खनालले अध्यक्षद्वयलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

गत माघ १९ गते सम्पन्न नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले एमसीसी अध्ययन गरेर सुझाव दिन खनालको नेतृत्वमा स्थायी कमिटी सदस्यद्वय भीम रावल र परराष्ट्रमन्त्री समेत रहेका प्रदीप ज्ञवालीसम्मिलित कार्यदल गठन गरेको थियो ।

प्रतिवेदन सार्वजनिक भने गरिएन । ‘शुरूमा अध्यक्षद्वयले हेर्नुहुन्छ, त्यसपछि सचिवालयमा पेश हुन्छ र बिस्तारै सार्वजनिक होला,’ बालुवाटार स्रोतले भन्यो ।

संयोजक खनालले भने यथास्थितिमा एमसीसी संसदबाट पारित नहुने बताएका छन् । ‘यथास्थितिमा यो पारित हुँदैन,’ खनालले भने, ‘हामीले प्रतिवेदनमार्फत सुझावहरू दिएका छौं । सम्झौतालाई सुधार नगरी पास गर्न नमिल्ने प्रतिवेदनले निष्कर्ष निकालेको छ ।’

खनालले कार्यदल केन्द्रीय कमिटीले गठन गरेको र शक्तिशाली भएकाले कार्यदलको निष्कर्ष नेकपाले पालना गर्ने दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्