
भारतको सर्वोच्च अदालतले अयोध्याबाट बाहिर पाँच एकड जमीन मस्जिद बनाउनका लागि मुसलमानहरूलाई दिने आदेश दिएकोमा सुन्नी सेन्ट्रल वक्फ बोर्डले त्यसलाई अहिले आएर स्वीकार गरेको छ ।
सोमवार बसेको बोर्डको बैठकले जमीन लिने सहमति जनाएको हो । मस्जिदसँगै परोपकारी अस्पताल, सार्वजनिक पुस्तकालय र इन्डो–इस्लामिक सांस्कृतिक केन्द्र पनि बनाइनेछ ।
यस महत्त्वपूर्ण बैठकमा ६ सदस्य उपस्थित थिए भने दुईजनाले बहिष्कार गरेका थिए ।
अयोध्यामा मस्जिदका लागि पाँच एकड जमीन उत्तर प्रदेश सरकारले राम मन्दिरभन्दा २५ किलोमिटर पर दिएको छ ।