१० साउन २०८३, आइतबार

पत्नी मेलानियाका साथ आगरा पुगे ट्रम्प, हेरे ताजमहल

फागुन १२, २०७६
पत्नी मेलानियाका साथ आगरा पुगे ट्रम्प, हेरे ताजमहल

भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आगराको ताजमहल पुगेका छन् । 

ट्रम्प र मेलानियाले विश्वको सात आश्चर्यमध्ये एक र युनेस्को विश्व धरोहर ताजमहलको भ्रमण गर्दा घाम अस्ताउन लागेको थियो । 

अहमदाबादबाट आगरा जाने क्रममा एयर फोर्स वानमा ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै आफू कहिले पनि १७औं शताब्दीको ताजमहलको भ्रमण नगरेको तर त्यो अविश्वसनीय छ भन्ने सुनेको बताए । 

ताजमहलमा रहेको अतिथि पुस्तिकामा ट्रम्पले हस्ताक्षर समेत गरेका थिए । 

आगराको एयरबेसमा आइपुग्दा ट्रम्पलाई उत्तर प्रदेशका विभिन्न भागबाट आएका २५० कलाकारले मयूर नाच, राइ लोकनृत्य, बामरसिया नृत्य लगायत देखाएका थिए अनि नगाडा, ढोलक र मृदंग बजाएका थिए । 

ट्रम्प, मेलानिया र मोदीको चित्र भएको ठूलो बिलबोर्डमा भारतका सबभन्दा असल साथीलाई प्रेमको शहर आगरामा भव्य स्वागत छ भनी सन्देश लेखिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्