भक्तपुरका प्रहरी नायब निरीक्षक रत्नबहादुर थापा टिकटकका कारण कारवाहीमा परेका छन्।
महानगरीय प्रहरी परिसर भक्तपुर र मातहतका प्रभागको इञ्चार्ज रहेका प्रहरी नायब निरीक्षक थापा प्रहरी पोशाकमै श्रीमती दिलु मगरसँग बसेर टिकटक बनाएपछि कारवाहीमा परेका हुन्।
प्रहरी पोशाकका रत्नसँगै श्रीमती दिलुले बनाएको एउटा टिकटक र रत्नको प्रहरी पोशाक श्रीमतीले लगाएर हातमा पेस्तोल समातेर खिचेको फोटोसहितको टिकटक सामाजिक सञ्जालमा भाइरल भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले थापालाई रानीपोखरी तानेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले प्रनानि थापालाई रानीपोखरीले तानेपछि उाले इञ्चार्ज सम्हाल्दै आएको चाँगुनारायण नगरपालिकास्थित प्रहरी प्रभाग सुडालमा आजै प्रनानि राजु प्रसाईंलाई पठाएको जानकारी दिए।