१३ असार २०८३, शनिबार

गोकुल बाँस्कोटाको सात वटा डायरी कसले लग्यो ?

फागुन १३, २०७६
गोकुल बाँस्कोटाको सात वटा डायरी कसले लग्यो ?

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले राजीनामा दिएका दिन यही फागुन ८ गते उनको कार्यकक्षमा छापा मारिएको भन्ने विषयले व्यापक चर्चा पाएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूले छापा नमारेको बताएपछि घटना झन रहस्यमय भएको हो ।

तर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले भने उक्त दिन निवर्तमान मन्त्री बाँस्कोटाका सचिवालयका सदस्यले नै सचिवालय र मन्त्रीको कार्यकक्षमा छापा मारेको दाबी गरेको छ ।

‘ती सदस्यहरूले बा“स्कोटाका ७ वटा डायरी लगेका हुन्,’ स्रोतले बतायो । तर, स्रोतले ती डायरीमा के–के छ भन्ने विषयमा आफूहरूलाई केही थाहा नभएको बताउँदै भन्यो, ‘मन्त्रीको डायरी हेर्ने कुरै भएन नि,’ यसबारे थप बुझ्दा उक्त मन्त्रालयका सचिव दीपक सुवेदीले अख्तियारले छापा नमारेको जानकारी दिँदै मन्त्रीको राजीनामा आएलगत्तै सरकारी कागजातहरू सुरक्षित राखिएको बताए । नेपाल समाचारपत्रमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्