१९ असार २०८३, शुक्रबार

प्रतिपक्षी दलको टिप्पणी : जन्मदिनमा प्रधानमन्त्रीको सत्ताउन्माद देखेर जनता निराश र दिग्दार !

फागुन १३, २०७६
प्रतिपक्षी दलको टिप्पणी : जन्मदिनमा प्रधानमन्त्रीको सत्ताउन्माद देखेर जनता निराश र दिग्दार !

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जन्मदिनको नाममा प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको व्यवहारप्रति विरोध जनाएको छ । 

प्रधानमन्त्री ओलीको शैली राजाको भन्दा भद्दा भएको कांग्रेसको आरोप छ ।

मंगलवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले जन्मदिनको समयमा प्रधानमन्त्री ओलीको कार्यशैली राजा महाराजाको भन्दा पनि भद्दा भएको आरोप लगाएका हुन् । 

‘प्रधानमन्त्रीज्यू, तपाईंको सत्ताउन्दामद देखेर आम नागरिक निराश र दिग्दार छन् । जुन तामझामका साथ देशका प्रदेशका व्यक्तिलाई बोकेर जानुभयो । सायद तपाईंको घरले खड्गप्रसाद ओलीलाई चिनेन होला नयाँ महाराजा सवारी भयो भनेर,’ रिजालले भने ।

रिजालले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा ७० करोड घुस बार्गेनिङ भएको सम्बन्धमा सदनमा प्रधानमन्त्री ओलीले जवाफ दिने विश्वासका साथ संसद सञ्चालन गर्न राजी भएको बताए ।

यसअघि ७० करोड घुस मागेको सम्बन्धमा सञ्चार मन्त्रीलाई बर्खास्त गर्न र प्रधानमन्त्रीको जवाफ माग गर्दै कांग्रेसले बिहीवारको बैठक अवरुद्ध गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्