०६ साउन २०८३, बुधबार

प्रधानमन्त्री ओलीद्वारा केशर महलको अवलोकन (फोटो फिचर)

फागुन १३, २०७६
प्रधानमन्त्री ओलीद्वारा केशर महलको अवलोकन (फोटो फिचर)

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षति भई प्रवलीकरण कार्य जारी रहेको केशर महलको अवलोकन गरेका छन्।

सो अवसरमा उनले केशर महलको ऐतिहासिक र साँस्कृतिक महत्वलाई संरक्षण गर्न निर्देशन दिए।

प्रधानमन्त्री ओलीले केशर पुस्तकालय र स्वप्न बगैँचाको पनि अवलोकन गरे। पुस्तकालयको अवलोकनपछि उनले आगन्तुक पुस्तिकामा 'केशर पुस्तकालयको संरक्षण र सदुपयोग गरौं' भनेर लेखेका छन्।  

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले केशर महललाई पहिलेकै स्वरुप कायम गर्ने गरी प्रवलीकरण गर्ने र राष्ट्रिय स्तरको कला केन्द्रका रुपमा विकास गर्ने योजना रहेको जानकारी दिए् ।

५९ करोड ५० लाख रुपैयाँको ठेक्का सम्झौता रहेको केशरमहलको प्रवलीकरण २०७८ साल मंसीरसम्ममा सम्पन्न गर्ने लक्ष्य छ।

salt training

कमेन्ट गर्नुहोस्