१३ असार २०८३, शनिबार

बालबालिकाकोे सर्वेक्षणका लागि अभिमुखीकरण

फागुन १४, २०७६
बालबालिकाकोे सर्वेक्षणका लागि अभिमुखीकरण
प्रतिकात्मक तस्वीर

बालमैत्री स्थानीय शासन वडा समन्वय समितिको आयोजना एवं पोखरा महानगरपालिका–९ को सहयोगमा वडाभित्रका बालबालिकाको अवस्था सर्वेक्षण विषयक अभिमुखीकरण तालिम दिइएको छ ।

वडाभित्रका घरधुरी, परिवारसँगै बालबालिकाको अवस्थालगायतका विषयमा तथ्याङ्क संकलन गर्नका लागि टोल विकास संस्था र आमा समूहका ५० व्यक्तिलाई अभिमुखीकरण तालीम दिएकोे वडाध्यक्ष रामराज लामिछानेले जानकारी दिए ।

सर्वेक्षणमा समग्र परिवारको विषयवस्तुलाई समेटिएको उल्लेख गर्दै उनले विशेष प्राथमिकता बालबालिकालाई राखिएको बताए । वडाध्यक्ष लामिछानेले बालअधिकारको क्षेत्रमा वडाले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको बताउँदै १८ वर्ष उमेर समूहसम्मका बालबालिकाको अधिकारलाई सुनिश्चित गर्नका लागि सर्वेक्षणले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

टोल विकास संस्था समन्वय समितिका अध्यक्ष उत्तम जोशीले बालमैत्री वडा बनाउनका निम्ति यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले वडामा बालबालिकाको लागि खेल मैदान र पार्क स्थापना गर्न अतिआवश्यक रहेकोमा जोड दिए ।

वडा नं ९ मा संगम मार्ग टोल विकास संस्था र शान्ति दर्शन टोल विकास संस्था बालमैत्री टोल घोषणा भइसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्