१३ असार २०८३, शनिबार

भारतमा गरीबीलाई उजागर गर्ने कारुणिक तस्वीर, गतिलो खानेकुरा पाएकी छैनन् यी बालिकाले

फागुन १४, २०७६
भारतमा गरीबीलाई उजागर गर्ने कारुणिक तस्वीर, गतिलो खानेकुरा पाएकी छैनन् यी बालिकाले

बन्दाकोभीलाई पानीमा उमालेर त्यसको एक एक टुक्रा गर्दै भात खाइरहेकी यी बालिकाको तस्वीरले भारतको झारखण्ड सरकारलाई हल्लाएको छ । 

सामाजिक सञ्जालमा तस्वीर भाइरल भएपछि मुख्यमन्त्री हेमन्त सोरेनले आक्रोश व्यक्त गर्दै बालिकाको परिवारलाई सबै किसिमको सहायता उपलब्ध गराउन प्रशासनलाई आदेश दिएका छन् । 

बालिका दुमला जिल्लाको समलापुर गाउँमा बस्छिन् । बालिका ७० वर्षीया चुडकी मुर्मूकी नातिनी हुन् । उनकी छोरी पनि सँगै बस्छिन् । घरमा कुनै पनि पुरुष सदस्य छैनन् । 

चुडकीले पेन्सन पाउने गरेकी छन् । थोरै पैसाले उनीहरू चामल त किन्न सक्छन् तर दाल र तरकारी किन्न सक्दैनन् । बन्दाकोभी चाहिँ उनीहरूले सस्तैमा र सजिलै पाउँछन् । त्यसैमा मुछेर उनीहरू भात खान्छन् । 

परिवारसँग राशन कार्ड रहेको तर राशन नपाएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्