कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
फागुन १४, २०७६
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा नेतृत्वको सरकारबीच विवाद शुरू भएको छ । पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य सिफारिस गर्ने पार्टी सचिवालयको निर्णयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले केही घण्टामै चुनौती दिएपछि पार्टीभित्र थप विवाद शुरू भएको हो ।
बुधवार अपराह्न बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्य नियुक्त गर्ने 'सर्वसम्मत' निर्णय गरेको थियो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय भएको सञ्चारकर्मीलाई जानकारी गराएका थिए ।
बैठक सकेर सचिवालयका सदस्यहरू बालुवाटारबाट बाहिरिएलगत्तै नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सचिवालयको निर्णय नमान्ने र युवराज खतिवडालाई नै राष्ट्रिय सभामा लैजाने तयारी गरेको सचिवालयका केही सदस्यलाई टेलिफोनमा जानकारी गराए ।
ओलीको यो चुनौतीपछि नेकपा सचिवालयका सदस्यहरूबीच फोन–फोनमै कुरा भयो । सचिवालय बैठक सकिएको केही घण्टामै माधव नेपाललाई ओलीले भेटेरै कुरा गर्ने भन्दै बालुवाटार बोलाए ।
नेकपाका एक सांसद भन्छन्, ‘आफैले अध्यक्षता गरेको बैठकले गरेको निर्णय आफैंले मान्दिन भन्ने ? कसको इशारामा प्रधानमन्त्रीले यसो भन्नुभएको हो ? यो निर्णयमा अडिन सक्नु होला भन्ने लाग्दैन ।'
प्रचण्डलाई कार्यकारी दिएदेखि बेचैनी !
गत भदौमा पार्टीको काम अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले हेर्ने र आफूले ५ वर्ष नै सरकारको नेतृत्व गर्ने सहमति भएदेखि नै ओलीमा एक प्रकारको बेचैनी र छटपटी शुरू भएको विश्लेषण नेकपाभित्र चलिरहेको छ ।
अघिल्लो साता गृहजिल्ला झापा पुगेर ओलीले ‘सरकार ढाल्ने षडयन्त्र’ भएको प्रतिक्रिया दिएका थिए ।
प्रधानमन्त्रीको यस्तो विवादित अभिव्यक्तिपछि नेकपाभित्र गडबडी शुरु भएको चर्चा चलेको थियो । बुधवार बोलाइएको सचिवालय बैठकमा ओलीले भने, ‘म विरुद्ध घेराबन्दी भइरहेको छ, म सामना गर्छु ।’
नेकपाभित्रको गडबडीका कारण नै वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा संविधान संशोधन गर्न अध्ययन कार्यदल बनाउने निर्णय विवादमा परेको थियो । गोप्य राख्ने भनिएको उक्त निर्णय एकाएक बाहिर आएपछि सचिवालय सदस्यहरू नै सशंकित बनेका थिए ।
एक्लै थेग्लान् ओलीले ?
सरकारको काम कारवाही र प्रधानमन्त्रीको कार्यशैलीका कारण नेकपाभित्र असन्तुष्टि देखिँदै आएको थियो । बुधवारको सचिवालय बैठकको निर्णय नमान्ने ओलीको चेतावनीपछि नेकपाभित्रको विवाद झनै पेचिलो बन्दै जाने संकेत देखिएको छ ।
‘केन्द्रीय कमिटी बैठकदेखि नै ओलीमा मनोवैज्ञानिक प्रेसर परेको देखिन्छ, आन्तरिक सन्तुलन मिलाउन अध्यक्ष ओली असफल हुनु भएको छ,’ नेकपाका एक प्रभावशाली स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने । पार्टी सचिवालयको निर्णय सच्याउने आधार हुने भएपनि मान्दिनँ भन्ने हैसियत ओलीसँग नभएको ती सदस्यको दाबी छ ।
पढ्नुहोस्, यो पनि :
BREAKING : नेकपाभित्र भिडन्तको संकेत, वामदेवको नाम उल्ट्याएर युवराजको नाम सिफारिस !
पार्टीभित्र अल्पमतमा रहेका ओलीले सचिवालयको निर्णयलाई चुनौती दिने अडानमा टिकिराख्ने सम्भावना नरहेको नेपालनिकट एक नेता बताउँछन् । ‘पार्टी निर्णयलाई स्वीकार्दिन भन्ने निर्णयले पार्टीमा बिग्रह ल्याउँछ, पार्टी पद्धतिमा पार्टीको निर्णय मान्दिनँ भन्नलाई के उहाँ स्टालिनवादी ढंगले अगाडि बढ्न खोज्नुभएको हो ?’ माधवकुमार नेपाल समूहका ती केन्द्रीय सदस्यले भने ।
राष्ट्रिय सभामा जान किन राजी भएका थिए वामदेव ?
गएको माघ ९ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बन्न वामदेव गौतमलाई नेकपा भित्रबाट धेरै नेताहरूले आग्रह गरेका थिए । पुस १९ गते बसेको नेकपा सचिवालय बैठकमा गौतमले एउटा शर्त राखे, ‘राष्ट्रिय सभा सदस्यलाई पनि प्रतिनिधि सभासरह अधिकार हुनुपर्छ ।’
त्यो बेला संविधान संशोधनमा सहमति जुटेन । संसद्बाहिर रहेका सचिवालयका सदस्यमध्ये नारायणकाजी श्रेष्ठ गण्डकी प्रदेशबाट उम्मेदवार बने ।
आफूले राखेको शर्त पूरा नभएपछि गौतमले उम्मेदवार बन्न रुचि देखाएनन् ।
बुधवार बसेको बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य सिफारिस गर्ने निर्णय गरेको थियो । नेकपा सचिवालय बैठक तथा अध्यक्षद्वय ओली र प्रचण्डबीच भएको बैठकमा गौतमले राष्ट्रिय सभालाई प्रतिनिधि सभासरहको अधिकार दिनुपर्ने प्रस्ताव गरे ।
‘पटक-पटक प्रतिनिधि सभा सदस्य बनेको र त्यही हैसियतमा मन्त्री बनेको व्यक्ति प्रतिनिधि सभाको जस्तो अधिकार नभएको सभामा कसरी जाने ?’ अध्यक्षद्वयको भेटमा गौतमले प्रश्न गर्ने गरेका थिए ।
राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था व्यक्तिका लागि नभएको तर्क गौतमले गर्ने गर्छन् । गौतमले आफ्ना निकटका नेताहरूसँग भन्ने गर्छन्, 'यो मेरो या अरू अमूक व्यक्तिको फाइदाका लागि मात्र होइन, राष्ट्रिय सभालाई पनि प्रतिनिधि सभाको जस्तै समान हैसियत दिलाउन गर्नुपर्ने पहल हो ।'
उनले केही दिनअघि प्रधानमन्त्री ओलीसँगको भेटमा भनेका थिए, 'अहिले त तपाईं नै प्रधानमन्त्री हुनुहुन्छ, तर भोलिका दिनमा आवश्यकता र परिस्थिति हेरेर पार्टीले निर्णय गरेको अवस्थामा प्रधानमन्त्री राष्ट्रिय सभा सदस्य पनि बन्न सक्ने अवस्था हुनुपर्यो ।'
शीर्ष नेताहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रिय सभामा लैजाने र संविधान संशोधन गर्न परेपनि आफू पछि नहट्ने बताउने गरेका थिए । तर बुधवारको सचिवालयले गौतमलाई राष्ट्रिय सभामा लैजान सिफारिस गर्न सरकारलाई अनुरोध गरेको निर्णयलाई ओलीले किन चुनौती दिए भन्ने प्रश्नको जवाफ त भविष्यले नै बताउला ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...