०९ साउन २०८३, शनिबार

लागुऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली, दुई जना पक्राउ

साउन ८, २०८३
धनुषा
लागुऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली, दुई जना पक्राउ

लागुऔषध नियन्त्रण ब्यूरोले धनुषाबाट खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।  उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको थियो ।​ 

लागुऔषध बिक्रीवितरण गर्ने गिरोहको निगरानी गर्ने क्रममा बर्दिबास शाखाबाट खटिएको प्रहरी टोलीले धनुषाको मिथिला नगरपालिका–६ मा खैरो हेरोइनको कारोबार भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिन खोजेको थियो। तर उनीहरू भाग्न खोजेपछि चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गरी पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

पक्राउ पर्नेमा भारतको मधुबनी जिल्ला घर भएका २८ वर्षीय सन्तोषकुमार महतो र ४५ वर्षीय मिथिलेश साह रहेका छन्।

उनीहरूको साथबाट १५ ग्राम ५१० मिलिग्राम खैरो हेरोइन, दुई थान मोबाइल, एक थान भारतीय आधार कार्ड र एक थान भारतीय सवारी चालक अनुमतिपत्र बरामद भएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय ढल्केबर, धनुषामा बुझाइएको ब्यूरोले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्