×

NMB BANK
NIC ASIA

'नेकपा जेट'मा 'ककपिट'भित्रै झगडा : सेफल्यान्डिङ कि क्र्यास ?

Sagarmatha Cement
Muktinath Bank

बुधवारको दिन । समय अपराह्न १ बजे । स्थान बालुवाटार ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकको निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित कोटामा राष्ट्रिय सभामा लैजाने निर्णय भएको बताए ।


Advertisment
Nabil box
Kumari

'पार्टीका केन्द्रीय उपाध्यक्ष कमरेड वामदेव गौतमलाई मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुने सदस्यमा सिफारिशका लागि सरकारलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ,' प्रवक्ता श्रेष्ठले भनेका थिए ।
बैठक सकिएपछि नेकपा सचिवालय सदस्यहरू लाखापाखा लागे ।

Vianet communication
Laxmi Bank

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आफ्नो निवास खुमलटार फर्केर आराम गर्दै थिए । 

वरिष्ठ नेता माधवकुमार नेपाल पनि कोटेश्वर पुगिसकेका थिए । 

करीब १:४५ बजे वरिष्ठ नेता नेपालको फोनको घण्टी बज्यो । फोन बालुवाटारबाट आएको थियो ।

फोनमा प्रधानमन्त्रीले भने– 'म राष्ट्रिय सभामा वामदेवलाई सिफारिश गर्न सक्दिनँ, खतिवडालाई नै लैजाने सिफारिश भइसकेको छ, र यसबाट उत्पन्न हुने परिस्थितिको सामना गर्न तयार छु ।'

करीब १ घण्टाअघि पार्टीको हाइकमाण्ड सचिवालयले गरेको निर्णय मान्दिन भन्दै प्रधानमन्त्रीले चेतावनीयुक्त भाषामा फोन गरेपछि नेता नेपाल अचम्ममा परे ।

सशंकित हुँदै उनले जवाफ फर्काए– त्यसो नगर्नुस् ।

त्यसपछि ओलीले भेटेरै कुरा गर्ने भन्दै अपराह्न ४ बजे बालुवाटार आउन आग्रह गरे ।

'अब कि वार, कि त पार हुन्छ' भन्ने शैलीमा प्रस्तुत भएका ओलीले बालुवाटारमै भेट हुन्छ भन्दै फोन काटेको विश्वस्त स्रोतले लोकान्तरलाई बतायो । 

अपराह्न २ बजे लोकान्तरले 'नेकपाभित्र भिडन्तको संकेत, वामदेवको नाम उल्ट्याएर युवराजको नाम सिफारिश !' शीर्षकमा समाचार प्रकाशित गर्‍यो । 

नेपाली राजनीतिमा यो एउटा ठूलै परिघटना थियो । वामदेव राष्ट्रिय सभामा जाने र युवराज खतिवडा बिदा हुने समाचार पढिरहेका पाठकहरू मात्र होइन स्वयं नेताहरू नै अचम्ममा परे ।

यतिबेलासम्म नेताहरूबीच फोन आदानप्रदान भइसकेको थियो ।

पार्टीको निर्णय मान्दिन भन्ने प्रधानमन्त्रीको अडानले नेकपा वृत्तमा हल्लाखल्ला पैदा गर्‍यो ।

३ बजेतिर अन्य सञ्चारमाध्यमहरूले पनि प्रधानमन्त्री ओलीले पार्टीको निर्णय मान्न नचाहेको आशयका समाचार लेखे । 

नेकपाभित्र भुइँचालो नै आइरहेका बेला अपराह्न ४ बजे वरिष्ठ नेता नेपाल बालुवाटार छिरे । 

ओली र नेपालबीच करीब २ घण्टा कुराकानी भयो ।

कुराकानीका क्रममा ओलीले अर्थमन्त्री खतिवडालाई हटाउने षड्यन्त्र भइरहेको, पार्टीको निर्णय मान्न सरकार बाध्य नहुने, गौतम अचानक संविधान संशोधनको मागबाट पछि हट्नुले गम्भीर आशंका पैदा गरेको लगायतका जिकिर पेश गरे । तर, स्रोत भन्छ– ओलीको जिकिरमा नेपाल कन्भिन्स भएनन् ।

माधव नेपाल बाहिरिएपछि प्रधानमन्त्री ओली आफ्ना निकटस्थहरूसँग बसे ।

राति अबेर बालुवाटारमा आफ्नो कोर टीमसँग बसेर प्रधानमन्त्रीले सल्लाह मागे ।

स्रोतको दाबीअनुसार प्रधानमन्त्री ओलीका अतिनिकट मानिने प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टाराई लगायतले उनलाई सुझाव दिए– ‘पार्टी निर्णय उल्टाउनु भनेको ठूलो आत्मघाती कदम हुनसक्छ, यसले तपाईंलाई नै संकटमा पार्छ । यस्तो आत्मघाती कदम नचालौं ।'

रिमाल र भट्टराई अधिकांश समय प्रधानमन्त्रीसँगै हुन्छन् ।

सचिवालयका अन्य सदस्यहरूले दिउँसो २ बजेदेखि राजनीतिक घटनाक्रमले नाटकीय मोड लिइरहेको हेरिरहेका थिए । नेता नेपाल र अन्य केही सचिवालय सदस्यलाई आफूले पार्टीको निर्णय नमान्ने चुनौती दिएपछि पनि वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल लगायतका नेताहरूले प्रधानमन्त्रीले पार्टीको निर्णय मान्नुपर्ने भन्दै सञ्चारमाध्यमहरूलाई कन्भिन्स गर्न खोजेका थिए ।

प्रतिपक्षी दल कांग्रेसका शेखरसँग पनि मागे सल्लाह 

बिहीवार बिहान साढे ८ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे । ओलीले नै आफूलाई बोलाएको नेता कोइरालाले लोकान्तरसँग बताए ।

'तपाईंहरू त प्रतिपक्षी हुनुभयो, तर आफ्नैले असहयोग गरिरहेका छन्,' ओलीले कोइरालासँग गुनासो गरे ।

ओली र कोइरालाबीच डेढ घण्टासम्म भएको छलफलमा राष्ट्रिय राजनीतिका समसामयिक घटनाक्रमबारे छलफल भएको कोइरालाले लोकान्तरसँग बताए ।

बिहीवार यो टिप्पणी लेख्दासम्म पार्टीभित्रको विवाद सल्ट्याउने विषयमा नेकपा नेताहरूबीच ठोस र औपचारिक छलफल भएको छैन । ओलीइतर नेताहरू प्रधानमन्त्रीको आगामी कदमलाई हेरेर रणनीति तय गर्ने मनस्थितिमा छन् ।

नेकपा जेट क्र्यास ल्यान्डिङको खतरामा 

पार्टी एकता भएको २१ महिनाको बीचमा नेकपामा यो स्तरको विवाद सतहमा आएको थिएन ।

'यो ठूलो खड्को हो पार्टीका लागि,' नेकपाका एक स्थायी कमिटीले लोकान्तरसँग भने, 'प्रधानमन्त्रीले पार्टीको निर्णय नमान्दा यो समस्या आएको हो । यसको समाधान भनेकै प्रधानमन्त्रीले पार्टीको निर्णय मान्नु हो ।'

पार्टी एकता हुँदा प्रधानमन्त्री ओलीले नेकपा कुनै टेम्पो नभएको टिप्पणी गरेका थिए । दुई अध्यक्ष किन बन्नुपर्‍यो भन्ने प्रश्नमा ओलीले भनेका थिए, 'यो जेट विमान हो, जेटमा दुई पाइलट हुन्छन् ।'

तर पाइलटहरूकै द्वन्द्वका कारण नेकपा नामको जेट २१ महिनापछि दुर्घटनाको संघारमा पुगेको विश्लेषण हुन थालेको छ । पाइलटहरूबीच असहमति र विवाद सिर्जना हुँदा जेटमा सवार ८ लाखभन्दा बढी नेता/कार्यकर्ताको राजनीतिक भविष्य धरापमा परेको छ । 

सहमति र संवादका लागि 'क्याबिन क्रु'का रूपमा रहेका सचिवालयका अन्य सदस्यहरूले बारम्बार जोड गरेपनि ककपिटमा रहेका पाइलटद्वयबीच चरम अविश्वासको वातावरण सिर्जना भएको छ । 

जेटलाई सेफ ल्यान्डिङ गराउन सचिवालयका अन्य सदस्यहरूले अनौपचारिक प्रयास गरिरहेका छन्, तर खतरा टरिसकेको छैन । 

के भएको थियो सचिवालय बैठकमा ?

बुधवार बसेको सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गर्दा प्रधानमन्त्रीले जनाएको सहमति व्यंग्यात्मक थियो । 

'तपाईंहरूले बाहिरै निर्णय गरेर आउनुहुन्छ, ल भन्नुस् अब के गर्नपर्‍यो ?' उनी यसरी प्रस्तुत भएको सचिवालयका एक सदस्यले लोकान्तरलाई बताए । 

'हिजोको बैठकमा उहाँ फ्रेस देखिनुभएको थिएन,' ती नेताले लोकान्तरसँग भने, 'संविधान संशोधन नहुने भएपछि वामदेव कमरेड कुनै पनि हालतमा राष्ट्रिय सभामा जानुहुन्न भन्ने उहाँको बुझाई रहेछ । तर पछि संविधान संशोधन गर्न सकिने गरी वामदेव कमरेडलाई तत्कालका लागि राष्ट्रिय सभामा जान अन्य नेताहरूले जोड गर्नुभयो । उहाँ(वामदेव)ले मान्नुभयो । त्यसले प्रधानमन्त्रीलाई निराश बनाएको हुनुपर्छ ।'

बैठकमा शुरुमै अध्यक्ष प्रचण्डले बोलेका थिए । 'संविधान संशोधनको विषयलाई तत्काल थाति राखौं, यसले खासै राम्रो सन्देश दिएन । वामदेव कमरेड निशर्त राष्ट्रिय सभामा जान तयार हुनुपर्छ ।'

त्यसपछि वरिष्ठ नेता नेपाल बोले, 'उहाँ (प्रचण्ड)को भनाइमा म सहमत छु । संविधान संशोधन गर्ने कुरा हुँदै जान्छ । अहिलेलाई वामदेवजी राष्ट्रिय सभामा जानुस् ।' 

अध्यक्ष प्रचण्ड र नेता नेपालको भनाइमा ईश्वर पोखरेलबाहेक सबै सदस्यले सहमति जनाए । 

पोखरेल चुपचाप बसिरहेका थिए । सचिवालयका एक नेताले भने, 'प्रचण्ड र माधव नेपालको भनाइमा प्रधानमन्त्रीले तत्कालै सहमति जनाउनु भएको हो ।' 

त्यसपछि उपाध्यक्ष गौतमले संविधान संशोधन गर्ने निर्णयलाई प्रधानमन्त्री ओलीकै सचिवालयबाट सार्वजनिक गरिएको भन्दै असन्तुष्टि जनाए । 

'म राष्ट्रिय सभामा जान्छु,' गौतमले आक्रोश पोखे, 'तर सचिवालयबाट भएको निर्णयको गोपनीयता कायम हुनुपर्‍यो । ममाथि चरणबद्धरूपमा किन आक्रमण भएको हो ? कि पार्टीबाट निकाल्नुस्, कि त ममाथि भइरहेको आक्रमण रोकिनुपर्‍यो ।' 

यति भइसकेपछि माइन्युट तयार भयो । गत शनिवार बसेको सचिवालय बैठकले प्रस्ताव गरेको कार्यदललाई निश्क्रिय बनाउने र उपाध्यक्ष गौतमलाई केही दिनमा खाली हुन गइरहेको राष्ट्रिय सभा सदस्यको पदमा नियुक्तिका लागि सरकारलाई अनुरोध गर्ने ।

पार्टीको निर्णय नमान्नुको विकल्प छैन 

वरिष्ठ नेता खनालले प्रधानमन्त्रीले पार्टीको निर्णय मान्नुको विकल्प नरहेको बारम्बार दोहोर्‍याएका छन् । 

बिहीवार एक दैनिक पत्रिकालाई अन्तर्वाता दिँदै खनालले भनेका छन्, 'म यति भन्छु– पार्टी निर्णय नेकपाका सबै नेता–कार्यकर्ताले पालना गर्नुपर्छ । पार्टी निर्णयको खिलाफमा जाने छूट कसैलाई पनि हुँदैन । प्रधानमन्त्रीले पनि टाउकाले टेकेर पनि पार्टी निर्णय कार्यान्वयन गर्नैपर्छ ।' 

खनालले या त पार्टी छोड्नुपर्ने, या त पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्ने भन्दै चेतावनी शैलीमा पार्टी निर्णयको बचाउ गरेका छन् । 

खनाल मात्र नभएर महासचिव विष्णु पौडेलले पनि प्रधानमन्त्रीले पार्टीको निर्णय कार्यान्वयन गर्नुको विकल्प नरहेको बताएका छन् । बैठकबाट सर्वसम्मत निर्णय भएको उनको दाबी छ ।

वामपन्थी राजनीतिक विश्लेषकहरूले पनि पार्टीको निर्णय नमान्ने छुट प्रधानमन्त्रीलाई नभएको बताएका छन् । 

लोकान्तरसँग कुरा गर्दै विश्लेषक श्याम श्रेष्ठले भने, 'प्रधानमन्त्रीको अहंकार ठूलो देखियो । पार्टीको निर्णय नमान्नुभनेको तानाशाही बन्नु हो । यसले पार्टीलाई मात्र होइन देशलाई नै संकटमा पार्नेवाला छ ।' 

उनले अहिले प्रधानमन्त्री एउटा व्यक्ति मात्र नभएको बताए । 

'उहाँ व्यक्तिका रूपमा प्रधानमन्त्री बन्नुभएको होइन,' श्रेष्ठले भने, 'प्रधानमन्त्री एउटा संस्था हो । सरकार केपी ओलीको मात्र होइन, समग्र नेकपाको हो ।'

अर्का राजनीतिक विश्लेषक राजेन्द्र महर्जनले पार्टीको निर्णय नमान्ने ओलीसँग प्रधानमन्त्री भइरहने नैतिकता नरहेको बताउँछन् । 

'उहाँ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री होइन, पार्टीले उनलाई प्रधानमन्त्री बनाएको हो,' महर्जनले भने । 

महर्जनले प्रधानमन्त्रीसामु पार्टीको निर्णय कार्यान्वयन गर्ने या मध्यमार्गी प्रस्तावका रूपमा तेस्रो व्यक्तिलाई राष्ट्रिय सभामा मनोनित गर्न सिफारिशका लागि पार्टीमा लैजाने दुई विकल्प रहेको बताए ।

पढ्नुहोस्, सम्बन्धित समाचार :

BREAKING : नेकपाभित्र भिडन्तको संकेत, वामदेवको नाम उल्ट्याएर युवराजको नाम सिफारिश !

पार्टी र प्रधानमन्त्रीबीच औपचारिक द्वन्द्व सतहमा, एक्लै थेग्न सक्छन् ओली ?

माधव नेपालसँगको भेटपछि निकटस्थसँग ओलीले भने– खतिवडालाई सिफारिश गर्ने निर्णयबाट ब्याक हुन्न

प्रधानमन्त्री ओली गम्भीर संकटमा, अति निकटस्थबाटै पार्टी निर्णय नउल्टाउन दबाब

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x