
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयमा ऊर्जावान, दक्ष र प्रविधिको ज्ञान भएका युवापुस्ताका शिक्षक आवश्यक रहेको बताएका छन्।
सामुदायिक विद्यालय सवलीकरणका लागि नगर शिक्षा सम्मेलनको शनिबार लहानमा उद्घाटन गर्दै मन्त्री पोखरेलले भने, ‘मसँग शिक्षक साथीहरु शिक्षकको कार्यकाल ६० बाट बढाएर ६३ बनाउनुपु-यो भन्नुहुन्छ, तर म सकेसम्म चाँडो उहाँहरुलाई बिदा दिएर प्रविधिको पूर्णज्ञान भएका नयाँ, ऊर्जावान, दक्ष शिक्षक भित्र्याउन चाहेको छु।’
सामुदायिक शिक्षा सवलीकरणका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वयको खाँचो रहेको उल्लेख गर्दै उनले सामुदायिक विद्यालयलाई राम्रो बनाउन शिक्षकले मात्र नसक्ने भएकाले शिक्षक, अभिभावक, विद्यार्थी र सरकोकारवाला निकायको समन्वय जरुरी रहेको बताए।
सरकारले २०७६-८५ लाई सामुदायिक शिक्षा सवलीकरण दशक घोषणा गरेको जानकारी दिँदै मन्त्री पोखरेलले अबको दशक शिक्षामा पहुँच मात्र होइन, गुणस्तरीय शिक्षाको दशक भएको बताए,