
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देशभरका १५ सय ठेक्काको म्याद थप गर्ने कार्य टुंग्याइएको जनाएको छ ।
मन्त्रालयको कार्यभार सम्हालेको सय दिन अपूरा गरेको अवसरमा शनिवार आयोजित कार्यसम्पादन सार्वजनिक गर्दै मन्त्री बसन्तकुमार नेम्वाङले म्याद थप गरिंदा रोकिएका ठेक्काहरूमा पुनः निर्माण कार्य शुरू भई रुग्ण ठेक्कामा थपिएको म्यादभित्रै सम्पन्न हुने अपेक्षा गरिएको बताए ।
मन्त्रालयले लामो समयसम्म रुग्ण रहेका ठेक्काहरूको व्यवस्थापन गर्नका निम्ति सार्वजनिक खरिद नियमावली २०६४ मा नवौं संशोधन भएपश्चात करीब १५ सय वटा ठेक्काको म्याद थप गर्ने कार्य टुंग्याइएको जनाएको छ ।
थप गरिएका आयोजनाहरू अधिकांश आयोजना समयमै पूरा हुने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । उनले भने, 'अधिकांश आयोजना समयमा नै समाधान हुने छन् भने केही समयका कारणले नहुन सक्छन्, त्यसको लागि नियमावली अनुसार काम कारवाही गर्नेछौं ।'
यता सार्वजनिक खरिद नियमावली नवौं संशोधनमा १ वर्षमा सम्पन्न गर्नुपर्ने भनिएको छ ।
अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगसन् सहकार्य गरी यस आवको एलएमबीआईएसमा भएका योजनामध्ये हरेक निर्वाचन क्षेतामा थप १० करोड बजेट व्यवस्थापन गरिनेछ ।
साथै आगामी आव २०७७/७८ मा हरेक निर्वाचन क्षेत्रमा एउटा रणनैतिक सडक रहने गरी ती सडक निर्माणको लागि तयारी भइरहेको मन्त्रालयले नीतिगत प्रगति भएको जनाएको छ । आजको कारोबार दैनिकमा खबर छ ।