२३ जेठ २०८३, शनिबार

शल्यक्रियापछि मालेका महासचिव सीपी मैनालीको स्वास्थ्य सुधारोन्मुख

फागुन १८, २०७६
शल्यक्रियापछि मालेका महासचिव सीपी मैनालीको स्वास्थ्य सुधारोन्मुख

कार दुर्घटनामा परेर ग्राण्डी अस्पतालमा उपचारार्थ भर्ना भएका नेकपा मालेका महासचिव सीपी मैनालीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।

नेकपा मालेका केन्द्रीय कार्यालय सदस्य बासु खड्काले मनालीको स्वास्थ्यमा सुधार हुँदै गएकाले चिकित्सकको परामर्शबाट १/२ दिनमै इमर्जेन्सीबाट छुट्टै कक्षमा सार्ने तर्यारी भइरहेको जानकारी दिए ।

गत फागुन १५ गते झापाबाट काठमाडौँ आउँदै गर्दा मैनाली सवार कारलाई एक पिकअपले महोत्तरी बर्दिवास नगरपालिका-३ मा ठक्कर दिँदा उनीसहित ५ जना घाइते भएका थिए ।

मैनालीलाई बिहीवारै हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । साँझ अस्पतालका डाक्टर चक्रराज पाण्डेले टाउकोको शल्यक्रिया गरेका थिए ।

शुक्रवार बिहान उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चिकित्सकलाई उदृत गर्दै मैनालीको स्वास्थ्यमा सुधार हुँदै गरेको र खतरामुक्त रहेको जानकारी दिए ।

ढकालले महासचिव मैनालीको परिवारसँगको परामर्शमा उनको स्वास्थ्य उपचारमा सहयोग गर्न सरकार तयार रहेको पनि बताए ।

त्यस्तै समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, राजमोका अध्यक्ष चित्रबहादुर केसी सहितका थुप्रै नेताहरूले अस्पताल पुगेर मैनालीको पछिल्लो स्वास्थ्य अवास्थाबारे जानकारी लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्