
विदेश घुम्ने इच्छा सबैलाई हुन्छ । तर इच्छा भने धेरैको पूरा हुँदैन । ज्योतिष शास्त्रका अनुसार विदेश जाने इच्छा पूरा हुन हातमा विदेश रेखा हुन जरुरी छ ।
हातमा गुरू, शनि, सूर्य, वुध र शुक्र पर्वतसँगै चन्द्र पर्वत पनि पाइन्छ । विदेश जानका लागि चन्द्र पर्वतलाई गम्भीरताका साथ परीक्षण गरिन्छ ।
चन्द्र पर्वत यदि कुनै सिधा रेखा छ भने उक्त रेखाले व्यक्तिलाई विदेश पठाउँछ । यो रेखासँग सहायक अरू रेखा पनि माथितिर बढिरहेको देखिएमा उक्त व्यक्ति हवाइ यात्रा गर्नेछ ।
विदेश रेखा स्पष्ट र लामो हुने व्यक्ति धेरै पटक विदेश यात्रा गर्न पाउँछ । हस्तरेखामा वुध पर्वत अग्लो छ भने उक्त व्यक्ति बिजनेशको सिलसिलामा विदेश यात्रा गर्ने अवसर पाउँछ । गुरु पर्वत स्पष्ट देखिएको छ भने उक्त व्यक्ति पढ्नका लागि विदेश जाने अवसर पाउँछ ।
यदि मंगल पर्वत स्पष्ट छ भने त्यस्ता व्यक्तिहरू मेडिकल पढ्न विदेश जाने योग रहेको ज्योतिषशास्त्रमा उल्लेख छ ।
हस्तारेखामा विदेश यात्रा उल्लेख भएर पनि विदेश जान नपाउनेहरूले राहु-केतुको स्थिति थाहा पाउनुपर्छ । हातमा जब यी दुवै ग्रहमध्ये कुनै एक खराब स्थितिमा भए उक्त व्यक्ति विदेश जान अड्चन पैदा हुन्छ । ग्रहको अशुभता हटाउन भगवान शिवको पूजा गर्नुपर्छ ।