३० जेठ २०८३, शनिबार

प्रधानमन्त्री ओली भोलि नै अस्पताल भर्ना हुने, बुधवार मिर्गौला प्रत्यारोपण

फागुन १८, २०७६
प्रधानमन्त्री ओली भोलि नै अस्पताल भर्ना हुने, बुधवार मिर्गौला प्रत्यारोपण

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बुधवार मिर्गौला प्रत्यारोपण गराउने भएका छन् ।

त्यसका लागि ओली भोलि नै त्रिवि शिक्षण अस्पतालस्थित ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

सत्तरुढ दल नेकपाको अध्यक्ष समेत रहेका ओलीलाई नेकपा सचिवालय बैठकले स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

'आजको बैठकमा सम्माननीय प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य उपचारको योजनाबारे जानकारी गराउनुभयो । यही बुधवार उहाँको मिर्गौला प्रत्यारोपण गर्ने योजना बनाइएको छ, जसअनुसार उहाँ भोलि नै अस्पतालमा भर्ना हुनुहुनेछ । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिने छ,' बालुवाटारमा आइतवार बसेको सचिवालय बैठकपछि प्रवक्ता श्रेष्ठले भने, 'बैठकले उहाँको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।'

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्यबाहेक अन्य विषयमा बैठकमा छलफल नभएको जिकिर गरे ।

salt training

कमेन्ट गर्नुहोस्