
नेपालका लागि नवनियुक्त भारतीय राजदूत विजयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन् ।
मञ्जिभसिंह पूरीको कार्यकाल सकिएपछि कार्यभार सम्हाल्न क्वात्रा आइतवार नेपाल आएका हुन् ।
उनलाई नेपालस्थित भारतीय दूतावासका डीसीएम अजय कुमारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
क्वात्रा झण्डै २ महिनाअघि नेपालका लागि राजदूत नियुक्त भएका थिए । त्यसअघि पूरी कार्यकाल सकिएर स्वदेश फिर्ता भएका थिए ।