०३ असार २०८३, बुधबार

राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिने बाहानामा ठगी गर्ने बडु पक्राउ

फागुन १८, २०७६
राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिने बाहानामा ठगी गर्ने बडु पक्राउ

राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिन्छु भन्दै २ लाख ५० हजार ठगी गरेर फरार एक व्यक्ति पक्राउ परेका छन् ।

बैतडीको दशरथचन्द नगरपालिका– १ का रमेश बडुलाई महानगरीय अपराध महाशाखाको टोलीले आइतवार ललितपुरको नख्खुबाट पक्राउ गरेको हो ।

बडुमाथि नेपाली सेनाका सिपाही भीमबहादुर भण्डारीलाई राष्ट्रिय अनुसन्धानमा जागरि लगाइदिन्छु भन्दै उनीबाट २ लाख ५० हजार ठगी गरी फरार रहेको आरोप छ ।

बडुलाई उच्च अदालत पाटनले २०७५ कार्तिक १६ गते २ महिना ४ दिन कैद र २ लाख ५० हजार जरिवाना तोकेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्