२९ असार २०८३, सोमबार

प्रचण्डलाई ताकेर जुत्ता प्रहार, लाग्न भने पाएन

फागुन १८, २०७६
प्रचण्डलाई ताकेर जुत्ता प्रहार, लाग्न भने पाएन
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ताकेर जुत्ता प्रहार भएको छ ।

पूर्वअर्थमन्त्री समेत रहेका कम्युनिस्ट नेता स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा राष्ट्रिय सभागृहमा आइतवार आयोजित पहिलो स्मृति सभामा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार भएको हो । यद्यपि जुत्ता प्रचण्ड रहेको मञ्चसम्म पुग्न भने पाएन ।

सम्बोधन सकेर प्रचण्ड फर्किने क्रममा उनलाई ताकेर जुत्ता प्रहार भएको थियो ।

जुत्ता प्रहार गर्ने व्यक्तिलाई तत्कालै सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

पक्राउ परेका व्यक्तिको नाम खुलिनसकेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले लोकान्तरसँग बताए ।

salt training

कमेन्ट गर्नुहोस्