१९ असार २०८३, शुक्रबार

पर्यटनको विकासबाटै आर्थिक समृद्धि हुन्छ: मन्त्री भट्टराई

फागुन १८, २०७६
पर्यटनको विकासबाटै आर्थिक समृद्धि हुन्छ: मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रको विकासबाटै मुलुक आर्थिक समृद्धिको दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्। 

सरकारले पर्यटन क्षेत्र विकासका लागि बजेट छुट्याएर गरिबी निवारण गर्ने योजना बनाएको उनले बताए। 

आइतबार महोत्तरीको भङ्गहा नगरपालिका–८ कञ्चनवनमा मिथिला मध्यमा परिक्रमामा सहभागी श्रद्धालुलाई स्वागत गर्ने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री भट्टराईले परिक्रमाका लागि महत्वपूर्ण स्थल मानिएको  कञ्चनवनको पर्यटकीय विकासका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए। 

प्रदेश २ लाई धार्मिक, संस्कृतिक पर्यटन क्षेत्र बनाउने सोच रहेको चर्चा गर्नुहुँदै उनले प्रदेशको विभिन्न जिल्लामा धार्मिक, संस्कृतिक महत्व बोकेका क्षेत्रलाई जोडेर बृहत् सांस्कृतिक क्षेत्र बनाउने बताए। 

 
 

salt training

कमेन्ट गर्नुहोस्