०२ असार २०८३, मंगलबार

नेपालमा भ्रष्टाचार : घुसबाटै १ वर्षमा साढे ३७ लाख कमाइ !

फागुन १९, २०७६
नेपालमा भ्रष्टाचार : घुसबाटै १ वर्षमा साढे ३७ लाख कमाइ !
प्रतिकात्मक तस्वीर

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामका तत्कालीन कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनीयर (सीडीई) सुवास बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे ३७ लाख रुपैयाँ बिगोदाबी गर्दै मुद्दा दायर गरेको छ ।

सडक ग्राभेलको काम गर्दा बिल बनाई भुक्तानी गर्ने प्रयोजनका लागि बस्नेतले घुस लिएको विशेष अदालतमा अख्तियारले दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामको कार्यालय प्रमुख हुँदा सेवाग्राहीमपार्mत झापाको गौरीगञ्ज तथा अर्जुनधारा नगरपालिकाको सडक निर्माणको कार्य गराइ सोबापत तथा थप काम दिलाउने भन्दै उनले घुस लिएको अख्तियारको दाबी छ ।

उनले २०७५ भदौदेखि गत असोजसम्मको १ वर्षको अवधिमा सो परिमाणमा रकम  संकलन गरेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

salt training

कमेन्ट गर्नुहोस्