०४ असार २०८३, बिहीबार

कमलदह नजिकै मृग फेला

फागुन १९, २०७६
कमलदह नजिकै मृग फेला
प्रतिकात्मक तस्वीर

रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ कमलदह नजिकै मृग (रतुवा) फेला परेको छ । 

डिभिजन वनकार्यालय रुकुम (पूर्व)का डिभिजनल वन अधिकृत बेसिन्द्रराज सुवेदीले दहमा पानी खाएर फर्कदै गरेको (दारे) भाले मृग दहतीर घुम्न निस्किएको बेलामा आइतवार फेला पारेको हो ।

नेपाली सेनाको सहयोगमा मृगलाई नियन्त्रण लिएको डिभिजनल वन अधिकृत सुवेदीले बताए ।

मानिसलाई देखेर अताल्लिएर भाग्न खोजेपछि तारको जालीमा ठोक्किएर मृगको मुखमा चोट लागेको सहायक वन अधिकृत सुजन राजभण्डारीले जानकारी दिए । उनका अनुसार अहिले मृगको उपचार भइरहेको र वन कार्यालयमा सुरक्षित राखिएको छ । मृगलाई सोमवार वनमा लगेर छोडिने पनि उनले जानकारी दिए ।

पछिल्लो चरणमा मृग बजारतिर झरिरहेका छन् । गएको महिना पनि वन कार्यालय बसेको घरकै रेलिङमा अल्झिएको अवस्थामा मृग फेला परेको थियो । जंगलमा मान्छेको चहलपहल, खानाको अभाव, पानीका मुहान सुक्दै जानुका कारण जंगली जनावर बस्तितिर झर्न थालेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्