भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कोरोनाभाइरस जस्ता खतरनाक रोगलाई नियमित रूपमा योग गरेर हटाउन सकिने बताएका छन् ।
ऋषिकेशमा सप्ताहव्यापी अन्तर्राष्ट्रिय योग महोत्सवको आइतवार उद्घाटन गर्दै योगीले योगमार्फत स्वस्थ रहने व्यक्तिले कोरोनाभाइरसबाट डराउनु नपर्ने बताए । ‘भारतीय परम्परालाई गहिरो गरी बुझ्नुपर्छ किनकि योगमार्फत यसले धेरै कुरा दिन सक्छ । अहिले संसार मानसिक तथा शारीरिक रोगविरुद्ध लडिरहेको छ । त्यसको उपचार गरेमा कसैले पनि रक्तचाप, हृदयघात, मिर्गौला रोग, कलेजो रोग वा कोरोनाभाइरसलाई पनि जित्न सक्छ,’ उनले भने ।