२३ जेठ २०८३, शनिबार

लीलामणिलाई राजदूतबाट फिर्ता बोलाइनुको कारण खोले परराष्ट्रमन्त्री ज्ञवालीले

फागुन १९, २०७६
लीलामणिलाई राजदूतबाट फिर्ता बोलाइनुको कारण खोले परराष्ट्रमन्त्री ज्ञवालीले

सरकारले छिमेकी देशमा उच्च राजनीतिक नेतृत्वको तर्फबाट राजदूत पठाउन चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई नेपाल फिर्ता बोलाइएको बताएको छ ।

सोमवार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राम्रो राजनीतिक नेतृत्वलाई राजदूतको रुपमा पठाउने तयारी रहेको बताएका हुन् ।

‘हामीले छिमेकी राष्ट्रका राजदूतमा उच्च राजनीतिक नेतृत्वको तर्फबाट राजदूत पठाँउदा राम्रो हुन्छ भन्ने निष्कर्षमा पुगेका छौं,’ मन्त्री ज्ञवालीले भने, ‘लीलामणि पौडेल राम्रो मान्छे हो । उहाँ कुशल प्रशासक हो ।’

आइतवार बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूत पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको थियो । राम्रो काम गर्दागर्दै पौलेललाई फिर्ता बोलाइएको भन्दै सरकारको आलोचना भएको छ । पौड्याललाई फिर्ता बोलाउने सरकारको निर्णयप्रति नेकपाका नेताहरु समेत असन्तुष्ट रहेको स्रोतको दावी छ ।

salt training

कमेन्ट गर्नुहोस्