२८ असार २०८३, आइतबार

मकैको बीउमा भ्रष्टाचार, कम्पनीका प्रबन्ध सञ्चालकसहित ८ जनाविरुद्ध मुद्दा

फागुन १९, २०७६
मकैको बीउमा भ्रष्टाचार, कम्पनीका प्रबन्ध सञ्चालकसहित ८ जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  राष्ट्रिय बीउबिजन कम्पनीका प्रबन्ध सञ्चालक, सञ्चालक समितिका अध्यक्ष, सदस्य र कर्मचारीविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ। 

आर्थिक वर्ष २०७३/७४ को खेतीकाे समय सकिएपछि निजी बीउ व्यवसायीसँग मकैको बीउ खरिद गरी आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो। कृषकलाई उन्नत बीउबिजन खरिद मूल्यमा अनुदानसम्बन्धी कार्यविधि, २०६८ अनुसार वितरण नगरी खरिद तथा बिक्रीवितरण गरिएको नक्कली कागजात तयार पारी भ्रष्टाचार गरेको पाइएकाले बिगोबमोजिम जरिवाना र कैद सजायको माग गरिएको छ। 

सरकारी अनुदानमा बिक्रीवितरण गर्नुपर्ने ११८ मेट्रिकटन उन्नत जातको मकैको बीउ खरिद नै नगरी नक्कली कागजात बनाएको पाइएको छ। अख्तियारले कम्पनीका प्रबन्ध सञ्चालक धर्मराज अधिकारीविरुद्ध  ४६ लाख १५ हजार २०१ बराबरको भ्रष्टाचार गरेको पाइएको छ । यस्तै युनिक सिड कम्पनी धनगढी तथा कृषक सहयोग केन्द्र कैलालीका अध्यक्ष लक्ष्मीकान्त ढकालविरुद्ध आयोगले ३५ लाख ६ हजार ४ सय बराबरको भ्रष्टाचार गरेको आरोप लगाएको छ। 

 बिज वृद्धि कम्पनी रत्ननगर चितवनका प्रबन्ध निर्देशक रामचन्द्र अधिकारीविरुद्ध  ११ लाख आठ हजार ८सय १, बीउबिजन कम्पनीका कामु महाशाखा प्रमुख रेवतीरमण ओझाविरुद्ध ४६ लाख १५ हजार २०१ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ। 

यस्तै सोही कम्पनीका महाशाखा प्रमुख महेशकुमार पौडेलविरुद्ध  ४६ लाख १५ हजार २०१, कम्पनीका तत्कालीन शाखा अधिकृत बिन्दु थापाविरुद्ध ४६ लाख १५ हजार २ सय १, आर्थिक महाशाखाका वरिष्ठ सहायक सुरेन्द्रमान श्रेष्ठ र स्टोरकिपर धर्मेन्द्रकुमार झाविरुद्धसमेत  ४६ लाख १५ हजार २०१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ।
  

salt training

कमेन्ट गर्नुहोस्