
सन्तान उत्पादन गर्नका लागि शारीरिक सम्पर्क जरूरी हुन्छ । हुन त आजकल क्लोनिङ र टेस्ट ट्युब बेबीको पनि प्रचलन छ तैपनि अधिकांश मान्छेले यौन गरेर बच्चा पाउँछन् ।

बच्चा पाउनुका अलावा सेक्सको अर्को महत्व पनि छ । यसमा स्वास्थ्यलाई फाइदा हुने धेरै कुरा भेटिन्छन् ।
बायोलोजिस्टहरूका अनुसार सेक्स गरेर बच्चा जन्माउँदा हुने जेनेटिक परिवर्तनले रोग भगाउन मद्दत गर्छ ।
स्कटल्यान्डको स्टर्लिङ विश्वविद्यालयका एक बायोलोजिस्ट स्टुआर्ट अउल्ड र उनको टोलीले पानीकीरामा गरेको परीक्षणले यो कुरा पत्ता लागेको हो ।
पानीकीराले क्लोन प्रविधि र सेक्स दुवैबाट बच्चा जन्माउँछ । ‘हामीले उही आमाबाट क्लोन गरेर अनि सेक्स गरेर जन्मेका छोरीमाथि परीक्षण ग-यौं अनि सेक्सबाट जन्मेका बच्चा अलि कम बिरामी भएको पायौं,’ अउल्डले भने ।
रोगबाट बच्नका लागि नै सम्पूर्ण प्राणीहरू सेक्समा उद्यत हुने गरेका छन् भलै यसको ठूलै मूल्य चुकाउनुपरोस्, अउल्डले व्याख्या गरे ।
यौनबाट जन्मेका सन्तानमा नयाँ नयाँ जेनेटिक भेरिएसन आउँछ जसका कारण उनीहरू रोगसँग लड्न थप अवसर पाउँछन् ।
यी निष्कर्ष बेलायती जर्नल ‘प्रोसीडिङ्स अफ द रोयल सोसाइटी’ मा प्रकाशित भएका छन् ।
हिन्दुस्तान टाइम्स