०३ असार २०८३, बुधबार

अब कर्णालीले जनतालाई जवाफ दिनुपर्ने बेला आयाे: मन्त्री बस्नेत

फागुन १९, २०७६
अब कर्णालीले जनतालाई जवाफ दिनुपर्ने बेला आयाे: मन्त्री बस्नेत

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले अब कर्णाली प्रदेशले जनतालाई जवाफ दिने बेला आएको बताएका छन्।

सुर्खेतको बुलबुले उद्यानमा आयोजित ‘कर्णाली उत्सव’ सोमबार उद्घाटन गर्दै वनमन्त्री बस्नेतले विगतमा सिंहदरबारलाई प्रश्न मात्र गर्ने कर्णाली अब आफैँले जवाफ दिनुपर्ने अवस्था सिर्जना भएको बताएका हुन्।

सुर्खेतबाट व्यवस्थापन हुनेगरी प्रदेश सरकार सञ्चालन भइरहेको छ, गाउँगाउँमा स्थानीय सरकार छन्, बजेट र अधिकारको ठूलो हिस्सा कर्णालीमै केन्द्रित छ,’ उनले भने, ‘अब कर्णालीले सिंहदरबारलाई प्रश्न, गुनासो मात्र होइन, स्वयंले जनतालाई जवाफ दिनुपर्ने बेला पनि आएको छ।’

उनले प्रदेश र स्थानीय सरकारले कर्णालीका सम्भावनालाई सदुपयोग गरेर विकास र समृद्धिको यात्रा थालनी गर्नुपर्ने विचार व्यक्त गरे। मन्त्री बस्नेतले सिंहदरबारलाई प्रश्नसँगै कर्णालीले यहाँका कतिपय सवालको जवाफ दिने हैसियत कायम राखेको बताए। 

salt training

कमेन्ट गर्नुहोस्